
२८ जेठ, काठमाडौं ।
१० महिनामा भुक्तानी सन्तुलन ४ खर्ब बचतमा२८ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको १० महिना मुलुकको भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) करिब ४ खर्ब बचतमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष (२०८०/८१) को १० महिना तथ्यांकको आधारमा वर्तमान आर्थिक स्थिति सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै भुक्तानी सन्तुलन करिब ४ खर्बले बचतमा पुगेको जनाएको छ ।
चैत मसान्तमा ३ खर्ब ६५ अर्बले बचतमा रहेको शोधनान्तर स्थिति वैशाखमा ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा पुगेको छ ।
आयात र निर्यात दुवै व्यापारमा देखिएको शिथिलताले व्यापार घाटामा भएको कमी तथा रेमिट्यान्समा देखिएको उल्लेख्य वृद्धिले चालु आर्थिक वर्षको सुरुवतादेखि नै शोधनान्तर बचत लगातार बढ्दै गएको छ ।