logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नक्कली नोटसहित काठमाडौँबाट थप १ जना पक्राउ

नक्कली नोटसहित काठमाडौँबाट थप १ जना पक्राउ


  • सोमबार, जेष्ठ २८ २०८१

  • काठमाडौँ । नक्कली नोट कारोबार गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–५ स्थित पद्या कोलोनी बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ छिन् ।

    जेठ २६ मा काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित ह्वाइट र्‍याबिट रेस्टुरेन्ट नजिकबाट प्रहरीले तारा देवी डङ्गोललाई पक्राउ गरेको थियो । ४७ वर्षीया डंगोल कलंकीमा चिया पसल चलाउँछिन् ।

    आरोपीहरुको साथबाट ५ लाख १४ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले  बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय