logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कर्णालीको नीति तथा कार्यक्रम पारित

कर्णालीको नीति तथा कार्यक्रम पारित


  • आइतबार, जेष्ठ २७ २०८१

  • काठमाडौँ । कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको नवौँ बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । यसअघि बुधबार प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८१/०८१ का लागि ८४ बुँदे नीति तथा कार्यक्रम संसद्‌मा प्रस्तुत गरेका थिए ।

    निरन्तरको छलफल पश्चात उक्त नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रमको छलफलमा २५ जना सांसदले सुझाव दिएका थिए । अधिकांश सांसदहरूले नीति, कार्यक्रम विगतकै निरन्तरता भएको र भाषा र शैली मात्रै बदलिएर आएको बताएका थिए । मुख्यमन्त्री यामलाल कँडेलले सांसदहरूले दिएका सुझाव सकारात्मक रूपमा लिइने बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय