logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गाँजा खुला गर्न एक महिनाभित्रै नियमावली बनाउँछौँ : गृहमन्त्री लामिछाने

गाँजा खुला गर्न एक महिनाभित्रै नियमावली बनाउँछौँ : गृहमन्त्री लामिछाने


  • शुक्रबार, जेष्ठ २५ २०८१

  • काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले औषधीय र औद्योगिक प्रयोजनका लागि एक महिनाभित्र नियमावली ल्याउने बताएका छन् ।

    शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी र प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री लामिछानेले औषधि र गाँजाबाट विभिन्न सामग्री निर्माणका लागि गाँजा खेती खुला गर्नका लागि नियमावली बनाउने बताए ।

    उनले मन्त्रालयले यसबारे काम गरिरहेको बताउँदै एक महिनाभित्रै नियमावली आउने प्रतिबद्धता व्यक्त गरे ।  समिति सभापति आरजु राणा देउवाले भदौसम्म गाँजा खुला गर्ने नियमावली ल्याउन मन्त्रालयलाई निर्देशन दिएकी छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय