logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

अर्थमन्त्रीले प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

अर्थमन्त्रीले प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने


  • बुधबार, जेष्ठ २३ २०८१

  • काठमाडौँ । संसद्‌मा पेश भएको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथिको सामान्य छलफल बुधबार सकिँदैछ । ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा बोल्न बाँकी सांसदले बोलिसकेपछि सांसदहरूले बजेट वक्तव्यमाथि उठाएका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिने कार्यक्रम तय भएको छ ।

    संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार अर्थमन्त्रीले जवाफ दिएपछि विनियोजन विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यसपछि बजेटमाथिको मन्त्रालयगत छलफल सुरु हुनेछ । राष्ट्रियसभा बैठकमा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्रीले मङ्गलवार न जवाफ दिइसकेका छन् ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय