logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

नुहाउने क्रममा करेन्ट लागेर मृत्यु

नुहाउने क्रममा करेन्ट लागेर मृत्यु


  • मंगलबार, जेष्ठ २२ २०८१

  • काठमाडौँ ।  नुहाउने क्रममा करेन्ट लागेर एक जना किशोरको मृत्यु भएको छ । मधुबन नगरपालिका-७ भन्सार टोल बस्ने मनोज कर्णको छोरा १४ वर्षीय आयुश कर्णको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो ।

    आफ्नै घर पछाडि रहेको सिँचाइ गर्नको लागि बनाएको बोरिङमा मोटर जडान गरी नुहाउने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय