logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विस्फोटक पदार्थसहित दुई जना पक्राउ

विस्फोटक पदार्थसहित दुई जना पक्राउ


  • मंगलबार, जेष्ठ २२ २०८१

  • काठमाडौँ । चैनपुर नगरपालिका-११ सभाखोलास्थित सडकबाट बारुद १ सय ग्राम, डेटोनेटर २ थान, निओजेल २ सय ग्राम र खुर्पासहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खाँदबारी नगरपालिका-९ तुम्लिङटार बस्ने २७ वर्षीय वसन्त कुमाल र २७ वर्षीय विकास कुमाल रहेका छन् ।

    अस्थायी प्रहरी पोस्ट सभा खोलाबाट खटिएको प्रहरीले को.१७ प ११८९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त विस्फोटक पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय