
बलिउड अभिनेता वरुण धवन बुवा बनेका छन् । पत्नी नताशाले मंगलबार छोरीलाई जन्म दिएकी छन् । सुत्केरी व्यथाले च्यापेपछि नताशालाई बिहान अस्पतालमा भर्ना गरिएको थियो ।
वरुणका पिता तथा बलिउड निर्देशक डेभिड धवनले घरमा लक्ष्मीले जन्म लिएको भन्दै सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।हजुरबुबा बनेपछि डेभिड धवन पनि खुसी छन् । धवन परिवारले यतिबेला घरमा राजकुमारीको जन्म भएपछि हर्षोल्लास मनाइरहेको छ ।
सम्बन्धित समाचार
थप