logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

नबिल बैंकबाट बाहिरिने निर्णयबाट फर्कियो आईएफआईसी बैंक

नबिल बैंकबाट बाहिरिने निर्णयबाट फर्कियो आईएफआईसी बैंक


  • आइतबार, जेष्ठ २० २०८१

  • काठमाडौँ । नबिल बैंकको संस्थापक सेयर बिक्री गरेर बाहिरिने निर्णयबाट बङ्गलादेशी लगानीकर्ता आईएफआईसी बैंक एकाएक ब्याक भएको छ । कम्पनीले गत वर्ष बैंकमा भएको आफ्नो १ कराेड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर र सोबाट आर्जित बोनस सेयर समेत सबै बिक्री गरेर बाहिरिने निर्णय गरेको थियो ।

    २०७९ मङ्सिर १५ गते कम्पनीले आर्थिक अभियान राष्ट्रिय दैनिकमा सेयर बिक्रीका लागि सार्वजनिक सूचना समेत जारी गरेको थियो । तर, उक्त सेयर बिक्री प्रक्रिया नियामक नेपाल राष्ट्र बैंकबाट अघि बढिरहेका बेला एकाएक कम्पनी सेयर बेच्ने निर्णयबाट पछि हटेको हो ।

    २०८१ जेठ १९ गते बसेको सञ्चालक समिति, आईएफआईसी बैंक (इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्स बैंक लिमिटेड) समेतको ६५८ औँ बैठकले तत्कालका लागि सेयर बिक्री प्रक्रिया स्थगित गरी संस्थापक सेयर कायम राख्ने निर्णय गरेको हो । उल्लिखित सेयरको खरिद–बिक्री स्थगन भएको विषयका सम्बन्धमा नियामक निकायहरूलाई समेत जानकारी गराउने निर्णय सञ्चालक समितिले गरेको जानकारी दिइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय