logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

काठमाडौँ महानगरले माग्यो २४१ जना नगर प्रहरी

काठमाडौँ महानगरले माग्यो २४१ जना नगर प्रहरी


  • शनिबार, जेष्ठ १९ २०८१

  • काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले करारमा नगर प्रहरी जवान नियुक्ति गर्ने भएको छ । आज एक सूचना जारी गर्दै  काठमाडौँ महानगरपालिकाले करार सेवामा २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगीका लागि दरखास्त आह्वान गरेको छ ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारहरूलाई योग्यता क्रमका आधारमा करार सेवामा पदपूर्ति गरिने सूचनामा उल्लेख छ । योग्यता पुगेका नागरिकले  ७  दिनभित्र काठमाडौँ महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस दिन आग्रह गरिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय