logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

६० किलो सुन तस्करीमा संलग्न आरोपमा १ जना पक्राउ

६० किलो सुन तस्करीमा संलग्न आरोपमा १ जना पक्राउ


  • शुक्रबार, जेष्ठ १८ २०८१

  • काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो सुन तस्करीबारे दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । जसअनुसार ब्युरोले ६० किलो सुन तस्करीमा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका घर भएका  ४५ वर्षीय कान्छामान लामा ‘थर्कमान’ छन् ।

    तेमाल गाउँपालिका वडा नम्बर–४ घर भएका कान्छामान लाजिम्पाटबाट पक्राउ परेका हुन् । उनी सामाखुसीमा बस्दै आएका थिए । ६० किलो सुनमा कान्छामानको संलग्नताबारे अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोका एक जना अधिकृतले  बताए ।भेप प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरासँग बयान लिएर ब्युरोले उनलाई हाजिर जमानीमा छाडेको थियो ।

    सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको सिफारिस अनुसार पूर्व सभामुख कृष्ण बहादुर महरा सहित ७ जनामाथि अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय