logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

दुई जना फरार प्रतिवादी सर्लाहीबाट पक्राउ

दुई जना फरार प्रतिवादी सर्लाहीबाट पक्राउ


  • शुक्रबार, जेष्ठ १८ २०८१

  • काठमाडौँ । प्रहरीले सर्लाहीबाट दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कबिलासी गाउँपालिका–८ घर भएका निदेश मण्डल धानुक र रामनगर गाउँपालिका–२ घर भएका रामबाबु राय यादव छन् ।

    बलात्कार मुद्दामा धानुकलाई अदालतले १० वर्ष कैद सजाय हुने फैसला गरेको थियो । ज्यान मार्ने उद्योग मुद्दामा रामबाबु रायलाई १५ हजार जरिवाना बुझाउनुपर्ने फैसला भएको थियो । फैसलापछि दुवैजना फरार थिए । उनीहरूलाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय