logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

एनआईसी एसियाबाट कर्जा लिनेलाई छुट योजना सार्वजनिक

एनआईसी एसियाबाट कर्जा लिनेलाई छुट योजना सार्वजनिक


  • बुधबार, जेष्ठ १६ २०८१

  • काठमाडौँ । एनआईसी एसिया बैंकले कर्जा लिएका ग्राहकहरूका लागि छुट योजना ल्याएको छ । बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न यो अफर ल्याएको जनाएको हो । २०८० चैत्र मसान्त सम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा समेत देहायको तालिकामा उल्लेख भएबमोजिम छुट प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।

    सिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकको भनाई छ ।

    bh


    सम्बन्धित समाचार थप

    लोकप्रिय