logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

आज ४ बजे संसदीय समिति गठनको सहमति संसदबाट पारित हुन्छः कांग्रेस

आज ४ बजे संसदीय समिति गठनको सहमति संसदबाट पारित हुन्छः कांग्रेस


  • मंगलबार, जेष्ठ १५ २०८१

  • काठमाडौ । नेपाली कांग्रेसले सहकारी ठगीमाथि छानबिन गर्न आजै संसदीय समिति गठन हुने जनाएको छ । मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चाकर्मीसँग कुराकानी गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले आजै समिति गठन हुने बताए । ‘आज चार बजे बस्ने प्रतिनिधिसभा बैठकमा कार्यादेशसहित संसदीय समिति गठनको सहमति पारित हुन्छ,’ उनले भने ।

    सोमबार साँझ बालुवाटारमा सत्ता पक्ष र कांग्रेसबिच संसदीय छानबिन समितिको कार्यादेशबारे सहमति जुटेपछि आज ७ सदस्यीय छानबिन समिति गठन हुन लागेको छ । कांग्रेसले आजै दिउँसो ३ बजे संसदीय समितिमा बस्ने सदस्यको नाम टुङ्गो लगाउने लेखकले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय