
१४ जेठ,काठमाडौं ।
काठमाडौं उपत्यकाका नदी किनारमा ३ हजार ४ सय ९६ घरधुरी अव्यवस्थित बसोबास रहेको पाइएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले अव्यवस्थित बसोबास व्यवस्थित गराउने सम्बन्धमा दीर्घकालीन समाधानको विकल्प खोजी उक्त कार्यका लागि गठित समितिले २२ भदौ २०७९ पेस गरेको तथ्यांक अनुसार उक्त संख्यामा रहेको बस्ती अहिलेसम्म रहेको प्रतिवदेनमा उल्लेख छ ।
बागमती नदीको सिनामंगल, थापाथली तथा अन्य सहायक नदी आसपास स्थानमा जग्गा अतिक्रमण हुँदा करिडोर तथा तटबन्ध निर्माण कार्य अगाडि बढ्न नसकेको प्रतिवेदनले औंल्याएको छ ।