logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

झापा र धनुषामा डुबेर तीन जनाको मृत्यु

झापा र धनुषामा डुबेर तीन जनाको मृत्यु


  • शनिबार, जेष्ठ १२ २०८१

  • काठमाडौँ  । झापा र धनुषामा डुबेर तीन जनाको मृत्यु भएको छ ।  झापाको मेचीनगर नगरपालिका–१५ सतार बस्तीस्थित मेची खोलामा डुबेर सोही ठाउँ बस्ने ५१ वर्षीय भाङ्गी हेमरनको शुक्रबार राति मृत्यु भएको हो ।

    त्यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका–२० रूपैठास्थित साउजी पोखरीमा डुबेर सोही ठाउँ बस्ने जयनारायण महतोको छोरा ६ वर्षीय शिवनन्दन महतो र राकेश पासवानको छोरा ६ वर्षीय आदित्य पासवानको शनिवार बिहान मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय