logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

नेपाल मगर संघको राष्ट्रिय सम्मेलन गोरखामा सुरु

नेपाल मगर संघको राष्ट्रिय सम्मेलन गोरखामा सुरु


  • शनिबार, जेष्ठ १२ २०८१

  • १२ जेठ, काठमाडौं  ।  नेपाल मगर संघको २८औं राष्ट्रिय सम्मेलन गोरखामा सुरु भएको छ । सम्मेलनको एक समारोहबीच गोरखा संग्रहालय परिसरमा शनिबार उद्घाटन गरिएको हो ।

    प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले सम्मेलनको उद्घाटन गरेकी हुन् । दुई दिनसम्म चल्ने सम्मेलनमा सातै प्रदेश, ७७ वटै जिल्ला, ८ वटा भातृ संगठन र १५ भन्दाबढी वैदेशिक शाखाका प्रतिनिधिहरु सहभागी छन् ।

    सम्मेलनमा देशको सांस्कृतिक नीति, मगरात क्षेत्र विस्तार, प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणाको मागलगायतका विषयमा छलफल हुनेछ ।

    गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू गर्ने विषयलाई पनि छलफल गरिने संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय