logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

हेटौंडामा बसको ठक्करबाट एक जनाको मृत्यु

हेटौंडामा बसको ठक्करबाट एक जनाको मृत्यु


  • शनिबार, जेष्ठ १२ २०८१

  • १२ जेठ, काठमाडौं ।  मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित पूर्व-पश्चिम सडकखण्डमा शुक्रबार राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको ना७ख १६७५ नंको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।

    उनका अनुसार मृतक पुरुषको नामथर खुलेको र मृतक पुरुषको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

    उक्त घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय