पुजार सार्की; दलित उत्पीडन, अन्याय र अत्याचारलाई कथावस्तु बनाई सिनेम्याटिक भाषामा प्रस्तुत भएको एउटा अब्बल सिनेमा ।

‘पुजार सार्की’ नाम आफैंमा अचम्मलाग्दो छ । पुजार हरिद्वारमा पढेका युवा पुजारी हुन् । उनकी प्रेमिका मन्दिर सरसफाइ लगायत काम गर्ने मैयाँ छिन् । उनी सार्की हुन् । उनीहरूबीच प्रेम अंकुराउँछ । अर्का पात्र छन्, मैते । खासमा उनी दमाई परिवारमा हुर्किए पनि जन्मले उनको कुनै अत्तोपत्तो छैन । खासमा उनलाई दमाई परिवारले कतै भेटेर पालेका हुन् । मैतेसँग मगरकी छोरी गौमायाको प्रेम छ ।
सम्बन्धित समाचार
थप