logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

कास्कीबाट बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ

कास्कीबाट बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ


  • शुक्रबार, जेष्ठ ११ २०८१

  • काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–१ नौडाँडाबाट प्रहरीले बलात्कार मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी घर भएका ३७ वर्षीय विपिन भन्ने केशव सुनार छन् ।

    उनलाई बिहीबार पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले जानकारी दिए । प्रतिवादी विरुद्ध जिल्ला अदालत कास्कीको २०७९ माघ १० मा ११ महिना ८ दिन कैद सजाय, १५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । अदालतले ४ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने ठहर समेत गरेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय