logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विशेष अदालतबाट दोषी ठहर भएका इन्जिनियर मृत भेटिए

विशेष अदालतबाट दोषी ठहर भएका इन्जिनियर मृत भेटिए


  • शुक्रबार, जेष्ठ ११ २०८१

  • काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर मृत अवस्थामा भेटिएका छन् । इन्जिनियर नवीनकुमार पोखरेल भक्तपुरमा मृत अवस्थामा भेटिएका हुन् ।

    नियर डिभिजनल इन्जिनियर पोखरेल भक्तपुरको लोकन्थीस्थित आँखा अस्पताल नजिकै घरमा मृत अवस्थामा भेटिएको प्रहरी वृत्त थिमीका डीएसपी प्रेम सागर केसीले बताए । ५७ वर्षीय पोखरेल घरको रेलिङमा झुन्डिएको अवस्थामा भेटिएका हुन् । बिहीबार बिहान मृत भेटिएपछि उनको शव भक्तपुरको केएमसी अस्पतालमा पोस्टमार्टम गरिएको छ ।

    विशेष अदालतले पोखरेललाई ६ महिना कैद र ५ करोड ८४ लाख ५५ हजार जरिवाना र बिगो बराबरको रकम असुल उपर हुने फैसला गरेको थियो । विशेष अदालतले जेठ ८ मा सो फैसला गरेको हो ।  विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारिबाबु श्रेष्ठले सो फैसला गरेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय