logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

आज २५६८ औँ बुद्ध जयन्ती, बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै

आज २५६८ औँ बुद्ध जयन्ती, बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै


  • बिहिबार, जेष्ठ १० २०८१

  • शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर विभिन्न कार्यक्रम हुँदैछन् ।

    बौद्ध धर्मावलम्बीले गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप यो दिवस मनाउन थालिएको हो ।
    बुद्ध जयन्ती र उभौली पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण अर्थात मुत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय