logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  • बिहिबार, जेष्ठ १० २०८१

  • काठमाडौँ । ललितपुरको ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गए राति टिपरले ठक्कर दिँदा प्रदेश–२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकल चालक जयनाथ यादवको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले बताए ।

    ३२ वर्षीय यादव सिराहा बरियापट्टि गाउँपालिका–४ घर भएर कोटेश्वरमा बस्दै आएका थिए । गए राति करिब ९ बजेर ४० मिनेटमा ग्वार्को चोक स्थित सडक खण्डमा कोटेश्वरबाट सातदोवाटोतर्फ जाँदै गरेको टिपरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

    उपचारको लागि बिएण्डबी अस्पताल पुर्याइएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । दुर्घटना गराउने बा।३ ख ६६२१ नम्बरको टिपर टिका भैरवमा फेला पारिएको एसएसपी श्रेष्ठले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय