logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

संसदमा विकसित घटनाक्रमहरू सुखद छैनन्: अध्यक्ष नेपाल

संसदमा विकसित घटनाक्रमहरू सुखद छैनन्: अध्यक्ष नेपाल


  • मंगलबार, जेष्ठ ८ २०८१

  • काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसदमा विकसित भइरहेका घटनाक्रमहरू सुखद नरहेको बताएका छन् । आज धनुषामा समाजवादी प्रेस सङ्गठन नेपालको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले सत्ता सहकार्यलाई अघि बढाउने कुरामा सबै सत्ता घटक सदस्यहरूमा विश्वास, सहयोग र समझदारी बनाएर अघि बढ्ने आफूहरूको काम हुने बताए ।

    उनले संसद्को गतिरोध हटाउने कुरामा वार्ता र संवादको माध्यमबाट अघि बढ्नुपर्ने बताए । उनले भने, ‘संसदमा जुन किसिमका घटनाहरू भइरहेका छन्, ती घटनाहरू वास्तवमा सुखद छैनन् । त्यसैले वार्ता र संवाद गर्ने कुरामा पनि समाधान खोज्नुपर्छ ।’

    एक फरक सन्दर्भमा अध्यक्ष नेपालले कुनैपनि पार्टीहरू नफुटुन् भन्ने आफूहरूको चाहना रहेको बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय