logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

पशुपतिको भेटी चोरीमा पक्राउ परेकाले भनेः कोषाध्यक्षले नै चोर्न अह्राए

पशुपतिको भेटी चोरीमा पक्राउ परेकाले भनेः कोषाध्यक्षले नै चोर्न अह्राए


  • मंगलबार, जेष्ठ ८ २०८१

  • काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न कर्मचारीले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीलाई पोलेका छन् ।

    कोषाध्यक्ष सुवेदीको निर्देशनमा आफूले भेटी चोरेर उनैलाई बुझाएको ती कर्मचारीको जिकिर छ ।

    पशुपति भेटी चोरीरहेको अवस्थामा पशुपति क्षेत्र विकास कोषका ७ जना कर्मचारीसहित ८ जनालाई प्रहरीले सोमबार रंगेहात पक्राउ गरेको थियो ।

    पशुपति क्षेत्र विकास कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको खुलेको सूचना प्रहरीलाई पुगेको थियो । कोषको सोही सूचनाका आधारमा प्रहरी वृत्त गौशालाको टोलीले ८ जनालाई पक्राउ गरेको हो ।

    प्रहरी वृत्त गौशालाका डिएसपी केशवराज थेबेका अनुसार पक्राउ पर्नेमा कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली, कुमार दमाइ र पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको रकम संकलन केन्द्रका एक कर्मचारी रहेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय