logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रतिनिधि सभामा भइरहेको गतिविधि सत्ता भागबण्डाको झगडा हो : सांसद सुवाल

प्रतिनिधि सभामा भइरहेको गतिविधि सत्ता भागबण्डाको झगडा हो : सांसद सुवाल


  • सोमबार, जेष्ठ ७ २०८१

  • काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधि सभामा भइरहेको गतिविधिलाई सत्ताको भागबण्डाको झगडा भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रतिनिधि सभामा भइरहेको गतिविधिहरू पुँजीवादी पार्टीहरूको सत्ताको भागबण्डाको झगडा भएको टिप्पणी गरेका हुन् ।

    विगतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सबैले विश्वासको मत दिएको भन्दै उनले अहिले केही विषयमा झगडा भएका कारण विश्वासको मत नदिएको बताए । उनले विश्वासको मतको पक्ष वा विपक्षमा बस्दा साक्षी बसेको जस्तो हुने भएकाले मत नै नदिएको बताए ।

    उनले दुवै पक्ष ठिक नभएकाले आफू तटस्थ बसेको बताए । उनले प्रमुख प्रतिपक्ष दलले नाराबाजी गर्दा संसद्को कारबाही रोक्नु राम्रो हुने धारणा राखे । सांसद सुवालले विश्वासको मतको पक्षमा मतदान गर्न पहिले  आफूलाई प्रस्ताव गरिने गरेको भएपनि पछिल्लो समय प्रस्ताव समेत आउन छाडेको बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय