logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

गायक रवि ओड ५ लाख धरौटीमा रिहा

गायक रवि ओड ५ लाख धरौटीमा रिहा


  • शुक्रबार, जेष्ठ ४ २०८१

  • काठमाडौँ । गायक रवि ओड रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका ओड बिहीबार साँझ रिहा भएका हुन् । कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा बिहीबार साँझ रिहा भएको कञ्चनपुर प्रहरीका डीएसपी उमेश जोशीले बताए ।

    ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएर आत्मसमर्पण गरेका थिए । प्रहरीले ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो । ओड कञ्चनपुरको कृष्णपुर नगरपालिका निवासी हुन् । ‘नेपाल आइडल सिजन २’ विजेता ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय