काठमाडौँ । मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी रहँदा लोसपाका नेताहरू सिंहदरबार पुगेका छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता शरदसिंह भण्डारी सिंहदरबार पुगेका हुन् ।
नेताहरूलाई प्रधानमन्त्रीले बोलाएकाले सिंहदरबार गएको लोसपा उपाध्यक्ष जितेन्द्र सोनालले जानकारी दिए । मन्त्रिपरिषद् बैठक लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोसपा नेताहरूसँग छलफल गर्ने तयारी गरेको बुझिएको छ ।
लोसपा नेताहरूसँग के विषयमा प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन् भन्ने खुलेको छैन । यद्यपि बदलिएको राजनीतिक समीकरणमा मधेस प्रदेश सरकारमा मिलेर जानका लागि प्रधानमन्त्रीले प्रस्ताव गर्ने बुझिएको छ ।
सम्बन्धित समाचार
थप