logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पहेँलो धातु देखाई सुन ठगी गर्ने युवक पक्राउ

पहेँलो धातु देखाई सुन ठगी गर्ने युवक पक्राउ


  • बिहिबार, जेष्ठ ३ २०८१

  • काठमाडौँ । झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ परेका छन् ।  इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मोरङ उर्लाबारीका ३० वर्षीय सञ्चित शर्मालाई पक्राउ गरेको हो ।  शर्माले दमकको हाटबजार क्षेत्रमा ज्येष्ठ नागरिक र महिलाहरूलाई पहेँलो धातु देखाएर सुनका गरगहना सट्टापट्टा गरेका थिए ।

    सोही उजुरीका आधारमा प्रहरीले उनलाई दमक नगरपालिका ६ बाट ५६.३१० ग्राम पहेँलो धातुसहित पक्राउ गरेको हो । शर्मालाई झापा जिल्ला अदालतबाट ठगी कसुरमा म्याद थपका लागि कानुनी प्रक्रिया प्रारम्भ गर्नुका साथै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय