logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

‘भिटेन’ले फेरि ल्याए छाडा गीत

‘भिटेन’ले फेरि ल्याए छाडा गीत


  • बुधबार, जेष्ठ २ २०८१

  • काठमाडौँ । छाडा र अश्लील गीतका कारण बेला-बेलामा पक्राउ पर्दै आएका र्‍यापर तथा गायक समीर घिसिङ ‘भिटेन’ ले फेरि अर्को छाडा गीत बजारमा ल्याएका छन् ।  ‘डन्ट जज मि’ बोलको उनको गीतमा थुप्रै अश्लील र अपाच्य शब्द प्रयोग भएको छ ।गीत उनले आफ्नै कुरा राखेको जसरी तयार गरेका छन् ।  गीतको भिडियो पनि बनेको छ ।

    भिटेन आफू समेत देखिएको भिडियोमा सोनार श्रेष्ठको अभिनय छ । भिडियोको कन्सेफ तथा निर्देशक पनि भिटेन आफैँले गरेका हुन् । दुई साता अगाडि सार्वजनिक गीत अहिलेसम्म १७ लाख बढीले हेरिसकेका छन् ।

    ‘हामी यस्तै हो नि ब्रो’ गीत समाजलाई अपाच्य हुने खालको भएको भन्दै उनी केही वर्ष अगाडि पक्राउ समेत परेका थिए । केही दिनको पछि अश्लील र आपत्तिजनक गीत प्रयोग नगर्ने भन्दै छुटेका थिए ।  रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय