logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

बानेश्वरमा एमाले संसदीय दलको बैठक

बानेश्वरमा एमाले संसदीय दलको बैठक


  • बुधबार, जेष्ठ २ २०८१

  • काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ । बुधवार मध्यान्ह नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको दाबीसहित छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडानसहित नेपाली काँग्रेसले संसद् बैठक र सडक सङ्घर्ष समेत सुरु गरिरहँदा एमालेले पार्टीको संसदीय दलको बैठक बोलाएको हो ।

    बैठकमा गिरीबन्धु टी स्टेटको जग्गा सरकारको मातहत ल्याउन सर्वोच्च अदालतले आदेश दिएको विषयमा पनि छलफल हुने बताइएको छ । नेपाली कांग्रेसले केपी ओली नेतृत्वको तत्कालीन सरकारले सो जग्गा व्यक्तिको नाममा सट्टा गर्न मिल्ने गरी नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै आएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय