logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अवरुद्ध सदन चलाउने विषयमा छलफल गर्न एमाले संसदीय दलको बैठक बस्दै

अवरुद्ध सदन चलाउने विषयमा छलफल गर्न एमाले संसदीय दलको बैठक बस्दै


  • बुधबार, जेष्ठ २ २०८१

  • काठमाडौं- सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक बुधबार बस्दै छ । बैठक आज मध्यान्ह १२:३० बजे संघीय संसद् भवनको ल्होत्से हलमा सुरू हुन लागेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्। प्रमुख सचेतक बर्तौलाका अनुसार आजको बैठकमा अवरुद्ध सदन चलाउने विषयमा छलफल हुनेछ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकारणमा मुछिएका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्न माग गर्दै निरन्तर रुपमा सदन अवरोध गरिरहेको छ।

    सरकारका नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन हिजो मंगलबार पनि कांग्रेसले सदन अवरोध गरेको थियो। यता, अवरुद्ध सदन खोल्ने विषयमा आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच  छलफल भएको  थियो।


    सम्बन्धित समाचार थप

    लोकप्रिय