logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

घट्यो सुनको मूल्य, चाँदीको बढ्यो


  • मंगलबार, जेष्ठ १ २०८१

  • काठमाडौँ । आज मंगलबार सुनको मूल्यमा प्रतितोला ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजो सोमबारको तुलनामा मूल्य घटेको जानकारी दिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ७५० रुपैयाँ छ ।

    हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार १०० रुपैयाँ थियो । यस्तै आज चाँदीको मूल्य तोलामा १७ सय ४० रुपैयाँ छ । हिजो सोमबार चाँदीको मूल्य १७ सय १५ रुपैयाँ थियो । यो तोलामा २५ रुपैयाँको वृद्धि हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय