logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

संविधान बचाउन आवश्यक छः प्रथम राष्ट्रपति यादव

संविधान बचाउन आवश्यक छः प्रथम राष्ट्रपति यादव


  • मंगलबार, जेष्ठ १ २०८१

  • काठमाडौँ- नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानलाई बचाएर लैजानुपर्ने आवश्यकता रहेको बताएका छन्।मंगलवार काठमाडौंमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल पुस्तक विमोचन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

    उनले अहिलेको संविधान लोकतान्त्रिक, गणतान्त्रिक, संघीयता सहितको र समावेशी तथा समानुपातिक रहेको बताए । संविधान बचाएर लैजाने सबै नेपालीको जिम्मेवारी रहेको उनले बताए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेको कुराप्रति इंगित गर्दै उनले संविधान नै सकिने अवस्थाबाट नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान बचाउन ठूलो भूमिका खेलेको बताए ।

    संविधानलाई संशोधन गरी समायानुकल बनाउन आवश्यक हुने पनि प्रथम राष्ट्रपति यादवको भनाइ थियो। यादवले आगामी दिनमा पनि झनै राम्रा काम गर्दै अघि बढ्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरे।


    सम्बन्धित समाचार थप

    लोकप्रिय