logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सभामुख र प्रधानमन्त्रीबिच नीति तथा कार्यक्रमबारे छलफल

सभामुख र प्रधानमन्त्रीबिच नीति तथा कार्यक्रमबारे छलफल


  • सोमबार, बैशाख ३१ २०८१

  • काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग फोन वार्ता गरी सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा छलफल गरेका छन् ।  सोमबार बिहान सभामुख घिमिरे र प्रधानमन्त्री प्रचण्डबिच नीति तथा कार्यक्रमबारे कुराकानी भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

    त्यसक्रममा राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसद्को तयारीबारे छलफल भएको बताइएको छ ।  सभामुखसँगको कुराकानीमा प्रधानमन्त्रीले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको जानकारी दिँदै सत्ता घटक दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको र आजै साँझसम्म निष्कर्षमा पुगिने बताएका जनाएका छन् । त्यसक्रममा प्रधानमन्त्रीले आफू चितवनबाट फर्के लगत्तै संवाद सुरु गर्ने पनि बताएका छन् । प्रधानमन्त्रीले राष्ट्रपतिसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराएका छन् ।

    सभामुखले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग हिजो छलफल गरेका थिए । नीति तथा कार्यक्रम र बजेटलाई राजनीतिक दाउपेचभन्दा टाढै राख्न सुझाव दिएका सभामुख घिमिरेले नीति तथा कार्यक्रम संसद्‌भन्दा बाहिरबाट ल्याउने परिकल्पना र अभ्यास भन्दै राजनीतिक सहमतिमा जोड दिएका थिए ।  दलका प्रमुख सचेतकहरूसँगको छलफलमा सभामुखले नीति तथा कार्यक्रम र बजेटमा विगतका बिर्सन लायक घटनालाई पुनरावृत्ति नगर्न समेत दलहरूको ध्यानाकर्षण गराएका छन् ।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभए सदनका कुनै पनि काम कारबाही अघि बढ्न नदिने चेतावनी दिँदै आएको छ । मंगलबार अर्थात जेठ १ गते राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम तय भए पनि दलहरूबिच सहमति नजुट्दा अन्योल देखिएको छ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय