logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको तयारी

सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको तयारी


  • आइतबार, बैशाख ३० २०८१

  • काठमाडौँ । जनता समाजवादी पार्टीले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको छ। सरकारबाट समर्थन फिर्ता लिने विषयमा अहिले बालकुमारीस्थित पार्टी कार्यालयमा छलफल चलिराखेको पार्टीका एक नेताले बताए ।

    प्रदेशमा माओवादी र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने भइसकेपछि जसपाले पनि केन्द्रमा सरकारबाट समर्थन फिर्ता लिने बताइएको छ।

    जसपाका अध्यक्ष उपेन्द्र यादवले त्यही विषयमा छलफल गर्नका लागि आज इमर्जेन्सी बैठक बोलाएका छन् । अध्यक्ष यादवले आज माओवादीका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टाछुट्टै भेटेका थिए। सरकारको विषयमा त्यहाँ कुरा नमिलेपछि उनले पार्टीको बैठक बोलाएका हुन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय