logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कपिलवस्तुमा खोलाले बगाउँदा एक जनाको मृत्यु

कपिलवस्तुमा खोलाले बगाउँदा एक जनाको मृत्यु


  • आइतबार, बैशाख ३० २०८१

  • काठमाडौँ । कपिलवस्तुको बाणगंगा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वार्ड ७ का ४० वर्षीय लौटन थारुको मृत्यु भएको हो । दाउरा सङ्कलन गर्ने क्रममा आज कोइली खोलामा आएको बाढीले उनलाई बगाएको जिल्ला प्रहरी कार्यालयले कपिलवस्तुले जनाएको छ।

    उनी खोलामा बाढीले बगाएर ल्याएका दाउरा टिप्न श्रीमानसँगै गएकी थिइन् । स्थानीयका अनुसार उनका श्रीमान् श्रीमती मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए।  प्रहरीले मृतकको शव निकालेर पोस्ट माटमका लागि अस्पताल पठाउने तयारी गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय