logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

९ महिनामा १० खर्ब ८२ अर्ब रेमिट्यान्स भित्रियो

९ महिनामा १० खर्ब ८२ अर्ब रेमिट्यान्स भित्रियो


  • आइतबार, बैशाख ३० २०८१

  • काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा १० खर्ब ८२ अर्ब रेमिट्यान्स भित्रिएको छ ।  नेपाल राष्ट्र बैंकले आइतबार चैत मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै अघिल्लो वर्षको यसै अवधिको तुलनामा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि हुँदै १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ भित्रिएको जनाएको हो ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो ।  अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख २९ हजार ४२२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख १२ हजार ७२१ रहेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३ लाख ८७ हजार ८३९ र २ लाख १७ हजार ९५९ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.८ प्रतिशतले वृद्धि भई ११ खर्ब ७४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.८ प्रतिशतले बढेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय