logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कुकुरले टोक्यो भन्दैमा कुकुरलाई टोक्न जान्नः उपेन्द्र यादव

कुकुरले टोक्यो भन्दैमा कुकुरलाई टोक्न जान्नः उपेन्द्र यादव


  • शनिबार, बैशाख २९ २०८१

  • काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी सरकारी दलहरूले फुटाएको प्रतिक्रिया दिएका छन् । अध्यक्ष यादवले एमाले र माओवादी केन्द्रको नाम नलिई सो प्रतिक्रिया दिएका हुन् ।

    शनिबार जनकपुर पुगेका अध्यक्ष यादवले पत्रकारहरूसँगको कुराकानीमा दुई चार जना लोभी पापी पार्टी फुटाएर गएको बताए ।

    उनले कुकुरले टोक्यो भने त्यही कुकुरलाई आफूहरू टोक्न नजाने टिप्पणी समेत गरे । जुन दलले तपाईंको पार्टी विभाजन गर्‍यो त्यही पार्टीले नेतृत्व गरेको सरकारमा सहभागी भइरहनुहुन्छ भन्ने पत्रकारको जिज्ञासामा उनले सो टिप्पणी गरेका थिए ।

    उनले भने, ‘कुकुरले टोक्यो भन्दैमा कुकुरलाई टोक्न जाँदिन ।’ अध्यक्ष यादवले पार्टी फुटाएर जानेहरू अन्तैबाट फुटेर आएका र स्वार्थ पुरा गरेर बाहिरिएको आरोप लगाए ।

    उनीहरू अरू थप स्वार्थ पुरा गर्न अन्तै गएको समेत उनले टिप्पणी गरे । उनले भने, ‘दुई चार जना लोभी पापी यताउति भए पनि मुक्तिको आन्दोलन रोकिँदैन ।’


    सम्बन्धित समाचार थप

    लोकप्रिय