logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

९८ लाखसहित पक्राउ परेका युवक साढे ११ किलो सुन तस्करीमा संलग्न

९८ लाखसहित पक्राउ परेका युवक साढे ११ किलो सुन तस्करीमा संलग्न


  • शुक्रबार, बैशाख २८ २०८१

  • काठमाडौं । काठमाडौँ महानगरपालिका–५ स्थित दरबारमार्गबाट स्रोत नखुलेको रकम सहित पक्राउ परेका एकजना सुन तस्करीमा संलग्न देखिएका छन् । रुपन्देहीको सियारी गाउँपालिका–७ घर भएका २९ वर्षीय मिलन बिक सुन तस्करीमा फरार अभियुक्त रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    बिहीबार उनको बा१३ च ४८५८ नम्बरको गाडीलाई पछ्याएर डीएसपी सुरक्षा केसी नेतृत्वको टिमले दरबारमार्गबाट ९८ लाख नगद बरामद गरेका थिए । मिलनसँगै गाडीमा सवार रुपन्देहीको सियारी घर भएका २८ वर्षीय समिर सुनार पनि पक्राउ परेका छन् ।

    दोलखामा बसेर सो सुनबारे अनुसन्धान गरेका डीएसपी दीपक खड्काका अनुसार मिलनले सुन कारोबारको रकम क्रिप्टोको माध्यमबाट भुक्तानी गराउने गरेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय