logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नयाँ सरकार गठन आह्वानविरुद्ध सर्वोच्च जाँदै मुख्यमन्त्री केदार कार्की

नयाँ सरकार गठन आह्वानविरुद्ध सर्वोच्च जाँदै मुख्यमन्त्री केदार कार्की


  • बिहिबार, बैशाख २७ २०८१

  • विराटनगर । कोशी प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आव्हान गरेपछि स्वतः कामचलाउ बनेका मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् ।

    बुधबार राति प्रदेश प्रमुखले संविधानको धारा १६८ को ५ अनुसार नयाँ सरकार गठन आह्वान गरेका थिए । आह्वानका विरुद्ध रिट दायरका लागि कार्की काठमाडौं पुगिसकेका छन् ।

    सरकार गठनका लागि आह्वान हुने पूर्वजानकारी पाएका मुख्यमन्त्री कार्कीले केही दिनअघि देखि नै सर्वोच्च अदालत जाने तयारी गरेका थिए । कार्कीले सर्वोच्च अदालत जाने तयारी गरेको थाहा पाएका एमाले दलका नेता हिक्मतकुमार कार्कीले आजै मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् । आजै उनलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत गरेर नियुक्त गर्ने तयारी छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय