logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

आलिया दोस्रो पटक डिपफेकको शिकार

आलिया दोस्रो पटक डिपफेकको शिकार


  • बुधबार, बैशाख २६ २०८१

  • मुम्बई । आलिया भट्टको नयाँ डिपफेक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडियोमा एआई प्रयोग गरेर अभिनेत्री वामिका गब्बीको भिडियोमा आलियाको अनुहार फिट गरिएको छ ।

    वामिकाले यो भिडियो केही दिन अघि आफ्नो इन्स्टाग्राम ह्यान्डलमा सेयर गरेकी थिइन् । यो भिडियोमा उनी रातो साडी लगाएकी देखिएकी छिन् । वास्तवमा यो लुकमा उनी सञ्जय लीला भन्सालीको फिल्म ‘हिरामाण्डी’ को स्क्रिनिङमा पुगेकी थिइन् ।

    कसैले यो भिडियोसँग छेडछाड गरेर यसमा आलियाको अनुहार लगाएर भाइरल बनाएको छ । आलियाको नक्कली भिडियो बाहिर आएसँगै एआई प्रविधिको फेरि आलोचना भइरहेको छ । यसअघि पनि आलिया भट्टको एउटा डिपफेक भिडियो सार्वजनिक भएको थियो । उक्त डिपफेक भिडियोमा सेतो र नीलो फ्लोरल ड्रेस लगाएकी उनले बोल्ड पोज दिएको देखिएकी थिइन् ।

    भिडिएआयोमा ई टुलको सहयोगमा आलियाको अनुहार यति स्पष्ट प्रयोग गरिएको थियो कि एक नजरमा ती केटीलाई सबैले आलिया भट्ट नै ठाने । तर, उनको हाउभाउबाट यो भिडियो नक्कली हो भन्ने अनुमान गरिएको थियो । यसअघि बलिउड अभिनेत्रीद्वय काजोल र रश्मिका मन्दाना पनि डिपफेकको शिकार बनेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय