logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अध्यक्ष उपेन्द्र यादव अमेरिका भएको मौकामा फुट्यो जनता समाजवादी पार्टी, आधिकारिकता दाबी गर्दै अशोक राई समूह निर्वाचन आयोगमा

अध्यक्ष उपेन्द्र यादव अमेरिका भएको मौकामा फुट्यो जनता समाजवादी पार्टी, आधिकारिकता दाबी गर्दै अशोक राई समूह निर्वाचन आयोगमा


  • आइतबार, बैशाख २३ २०८१

  • काठमाडौं । जनता समाजवादी पार्टी विभाजित भएको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

    उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग संघीय संसदमा १२ सांसद छन्, उनीहरुमध्ये ७ सांसद निर्वाचन आयोग पुगेका छन ।

    निर्वाचन आयोग पुग्नेमा अशोक राई, नोबलकिशोर साह सुडी, प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ रहेका छन् । त्यस्तै केन्द्रीय कार्यकारिणी समितिका ९ जना र केन्द्रीय समितिका २७ जनाले राई समूहलाई साथ दिएका छन् ।

    उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला अर्को समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गरेको हो ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय