logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पाकिस्तान सेनाको कारबाहीमा मारिए १० जना आतङ्ककारी

पाकिस्तान सेनाको कारबाहीमा मारिए १० जना आतङ्ककारी


  • आइतबार, बैशाख २३ २०८१

  • इस्लामावाद । सुरक्षा बलसँगको दुई भिडन्तमा दश संदिग्ध आतङ्ककारी मारिएको पाकिस्तानी सेनाले जनाएको छ । पहिलो घटना खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजीरिस्तान जिल्लामा भएको हो ।

    गुप्तचर सूचनाको आधारमा गरिएको कारबाहीमा ६ चरमपन्थी मारिएको सेनाले जनाएको छ । मारिएका चरमपन्थीहरूको पहिचान अझै स्पष्ट भइसकेको छैन । तर यस क्षेत्रमा पाकिस्तानी तालिबान लडाकुहरूले सुरक्षा बलमाथि आक्रमण गर्दै आएका थिए ।

    दोस्रो घटना दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तको हो । मोटरसाइकलमा यात्रा गरिरहेका चार संदिग्ध आतंककारीले क्वेटा सहरमा प्रहरीको गाडीमा गोली चलाएका थिए । यी चारै जना पनि मारिएको सेनाले जनाएको छ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय