logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना

नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना


  • शनिबार, बैशाख २२ २०८१

  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जान लागेको नेपाली क्रिकेट टोलीका सबै सदस्यहरूलाई सफलताको कामना गरेका छन् ।

    राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपतिबाट शनिबार विश्वकप क्रिकेट खेल्न जान लागेको नेपाली क्रिकेट टोलीका सबै सदस्यहरूलाई सफलताको हार्दिक शुभकामना व्यक्त गरिएको जानकारी दिए ।

    नेपाल क्रिकेट संघ (क्यान) ले अर्को महिना अमेरिका र वेस्टइन्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्ने टोलीको बिदाइ गरिसकेको छ । विश्वकप २ जुनदेखि २९ सम्म हुनेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय