logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

यो साता घट्यो सुनचाँदीको मूल्य

यो साता घट्यो सुनचाँदीको मूल्य


  • शनिबार, बैशाख २२ २०८१

  • काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारसम्मको तुलनामा यो साता मूल्य घटेको जानकारी दिएको हो ।

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ५५० रुपैयाँ थियो यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ७५० रुपैयाँ छ ।

    सुनको मूल्यमा गिरावट आएको साता चाँदीको मूल्य समेत घटेको छ । महासंघका अनुसार यो साता चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १६ सय ७५ रुपैयाँ रुपैयाँ थियो । यो साता प्रतितोला ३० रुपैयाँ घटेसँगै १६सय ४५ रुपैयाँ कायम भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय