logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

सरकारका काम कारबाहीबारे जनताले थाहा पाउनुपर्छः राष्ट्रपति पौडेल

सरकारका काम कारबाहीबारे जनताले थाहा पाउनुपर्छः राष्ट्रपति पौडेल


  • शनिबार, बैशाख २२ २०८१

  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक भएको भन्दै नागरिक सुसूचित हुनु पर्ने बताएका छन् ।

    राष्ट्रिय सूचना आयोगको १७औं स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले गरेका काम, कारबाहीबारे जनताले थाहा पाउनु पर्ने बताए ।

    जनताले आफूले तिरेको कर कँहा, कसरी खर्च भैरहेको छ भनेर जान्न पाउने उनीहरूको स्वभाविक हक भएको उनको भनाइ छ ।

    उनले लोकतन्त्रको संस्थागत विकास, सुशासन प्रवर्धन तथा विकास निर्माणमा जनताको अर्थपूर्ण सहभागिताका लागि सूचनाको हकको कार्यान्वयन थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय