logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी

बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी


  • सोमबार, बैशाख १७ २०८१

  • काठमाडौँ । नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ११ हजार ६१३ मतका साथ निर्वाचित भएका हुन् ।

    यसैगरी निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरे । निर्वाचन आयोगले यसबारे औपचारिक घोषणा गर्न बाँकी छ ।

    बझाङ प्रदेशसभा १ मा आइतबार मध्यान्हदेखि मतगणना सुरु भएको थियो । यसअघि कांग्रेसले जितेको उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचनमा भने एमालेले बाजी मारेको हो। २०७९ सालमा भएको निर्वाचनमा विजयी पृथ्वीबहादुर सिंहको निधन भएपछि शनिबार बझाङमा उपनिर्वाचन भएको हो ।

    २०७९ को निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको साथ पाउँदा कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार ११२ मतसहित विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय