logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

काठमाडौँमा दुई जना मृत फेला

काठमाडौँमा दुई जना मृत फेला


  • आइतबार, बैशाख १६ २०८१

  • काठमाडौँ । काठमाडौँमा एकै दिन दुई जना मृत अवस्थामा फेला परेका छन् । कुलेश्वर र कीर्तिपुरमा शनिबार दुवै जना मृत फेला परेका हुन् । काठमाडौँ महानगरपालिका-१४ कुलेश्वरस्थित सडकमा धादिङ मलेखु नगरपालिका-२ घर भई काठमाडौँ कुलेश्वर डेरा गरी बस्ने ५१ वर्षीय रमेश परियार शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौँ, कीर्तिपुर नगरपालिका-३ खसीबजार बस्ने ३८ वर्षीय रमेश श्रेष्ठ आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।

    उता सर्लाहीको ईश्वरपुर नगरपालिका-७ स्थित सागरनाथ जङ्गलमा साधु जस्तो देखिने हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै दैलेखको भगवतीमाई गाउँपालिका-१ बेस्तडा बस्ने १९ वर्षीय सुजन खड्का सोही गाउँपालिका-३ मेहलतोलीस्थित भिर मुनि शनिबार मृत अवस्थामा फेला परेका छन् ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय