logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

बढ्यो सुनको मूल्य, चाँदीको घट्यो


  • आइतबार, बैशाख १६ २०८१

  • काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार भने ४०० रुपैयाँ बढेर १ लाख ३७ हजार ६०० रुपैयाँ पुगेको हो ।

    यस्तै तेजाबी सुन तोलामा १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबाबर घटेर १ हजार ६६० रुपैयाँमा कारोबार भएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय